पोखरामा ‘अप्रेसन ३६५’ अभियान: ११ मोटरसाइकल कारबाहीमा

पाेखरा | असोज १७, २०८३

पोखरामा ‘अप्रेसन ३६५’ अभियान: ११ मोटरसाइकल कारबाहीमा

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०८३ साल असोज १६ गते रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो।

 

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले तालचोक क्षेत्रमा ५ वटा, वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले लेकसाइड–राष्ट्रबैंक चोक क्षेत्रमा १ वटा, वडा प्रहरी कार्यालय बगरको टोलीले नदीपुर क्षेत्रमा ३ वटा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अमर सिंहचोक क्षेत्रमा २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

 

प्रहरीले सवारी साधनमा अनधिकृत रूपमा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने कार्य नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म ६८८ वटा सवारी साधन र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।

 

प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन नगर्न तथा प्रचलित कानुनविपरीत ध्वनि प्रदूषण हुने गरी सवारी नचलाउन आग्रह गरेको छ।

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।    युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने भएक...

थप पढ्नुहोस्

पोखरा ।    विश्वकर्मा समाज नेपाल केन्द्रीय समितिको आयोजनामा पोखरामा सम्पन्न नवौं विश्वकर्मा भलिबल कप–२०८३ मा दाजुभाई क्लब गल्याङ च्याम्पियन बनेको छ ।   पोखरा रंगशालाको भलिबल कोर्टमा भ...

थप पढ्नुहोस्

सुवाको भोटेकोसी नदीमा गत भदाै १० गते आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाउनेमध्ये अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ।   नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवर...

थप पढ्नुहोस्